HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
देशभरको जोडघटाउ ‘चर्चित उम्मेदवारहरूको चुनावी अवस्था’ निर्वाचनमा होमिएका उम्मेदवारलाई आफ्नो पक्षमा पासा पल्टाउन निकै सकस भइरहेको छ ।
स्थिरताका लागि सबल प्रतिपक्ष
स्थिरताका लागि सबल प्रतिपक्ष जनजीविकाका मुद्दा बोक्ने र सत्तााको स्वेच्छाचार रोक्ने बलियो प्रतिपक्ष हुनुपर्ने राजनीतिक मान्यता संसदीय लोकतन्त्रको मर्म हो । नयाँ राजनीतिक व्यवस्थामा अभ्यस्त हुँदैगरेको मुलुक यसकै संकटबाट गुज्रिंदैछ । ५५:४५ को शक्ति सन्तुलन नै बलियो प्रतिपक्षको अवधारणा हो । यसको मर्म के हो भने सत्तापक्ष बेलगाम हुँदैन, ऊसँग स्वेच्छाचारी भएर अघि बढ्ने तागत हुँदैन ।  गत दुई दशकको अभ्यासले भने जे नहुनुपर्ने हो, त्यही भएको देखाउँछ । प्रतिपक्ष जहिल्यै सत्तामुखी भइरह्यो । निर्वाचनले को सत्तामा र को प्रतिपक्षमा भन्ने छिनोफानो गरे पनि प्रतिपक्षमा बस्न कोही तयार भएन । जनमतबाट सत्ताका लागि अनुमोदित नभएको दल त्यसलाई स्वीकार्न र सरकारका कामकारबाहीबारे आफ्नो वैकल्पिक दृष्टिकोण बनाएर अर्को निर्वाचनमा जाने अभ्यास हुनै सकेन ।
वाम गठबन्धन 'हल्लै हल्लाको अधिनायकवाद' निर्वाचन लक्षित वामपन्थी गठबन्धनलाई कांग्रेसले औपचारिक दस्तावेजमै ‘लोकतन्त्रमाथिको थ्रेट’ मान्दा ऊप्रति आस्थावान तप्का पनि असन्तुष्ट हुनपुगेको छ ।