HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाल
दावा याङजुम : १४ चुचुरा चढ्ने पहिलो नेपाली महिला देश दशैंमा रमाइरहेको वेला चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर दावा याङजुम शेर्पाले संसारका अग्ला १४ चुचुरा चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकी छन्।
के शेर्पाहरूले समेत के-टूमा पाकिस्तानी आरोहीको ज्यान जोगाउने प्रयत्न नगरेका हुन्? के-टूमा एक जना पाकिस्तानी पर्वतारोहण पथप्रदर्शकको मृत्युका कारण हिमाल आरोहण ठूलो कि मानवता भन्ने बहस पुनः सतहमा आएको छ। साथै, हिमालमा उद्धारका नायक कहलिएका शेर्पाहरूले समेत यस पटक किन ती पाकिस्तानीको ज्यान जोगाउन प्रयत्न गरेनन् भन्ने प्रश्न पनि उठेको छ।