HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्राष्ट्रिय बैठकहरुमा यही नाम पटकपटकको अजेण्डा बन्ने गर्दथ्यो । अन्ततः ११ असारमा उही कुन्जोक काठमाडौंमा पक्राउ परेका छन्।
‘पहिले अख्तियारमा लोकमान थिए, अहिले अख्तियारलाई नै लोकमान बनाइँदैछ’ निजी क्षेत्रको अनुसन्धानदेखि ‘अन्डर कभर अपरेशन’सम्मका असीमित अधिकारसहित राष्ट्रियसभामा दर्ता दुई विधेयक मिहिन रुपमा केलाउँदा पाइन्छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग अबका दिनमा स्वेच्छाचारी मात्र बन्दैन, सार्वजनिक निजी साझेदारीमा भर्खरै मौलाउन थालेको पब्लिक लिमिटेड कम्पनीको विकासलाई समेत निरुत्साहित बनाउनेछ ।