HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेकपाको कलहमा बन्धक बन्यो देश सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिंदो शक्ति संघर्षले सिंगो मुलुक बन्धक बनेको छ । सरकारी संयन्त्रले काम गर्न छाडेको छ । र, महामारीसँग जुध्ने विषय उपेक्षामा पर्दा नागरिकको जीउज्यानमाथि नै गम्भीर खेलवाड भएको छ।
नेपाल भित्रियो ‘रिभेन्ज पोर्न’, इन्टरनेटमा भेटिए थुप्रै अश्लील समूह इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।