HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सेनाले समुदायलाई हस्तान्तरण गर्‍यो विभिन्न आयोजना  नेपाली सेनाले देशका विभिन्न क्षेत्रमा शीघ्र प्रभाव आयोजना अन्तर्गत बनाएका भवन तथा अन्य संरचना समुदायलाई हस्तान्तरण गरेको छ। स्थानीयस्तरको आवश्यकता पहिचान गरी छोटो समय तथा थोरै बजेटमा गरिने विकास, निर्माण र सामाजिक सेवाका आयोजनालाई शीघ्र प्रभाव आयोजना भन्ने गरिन्छ। 
'आमाको साथी हुँ' भन्दै बालबालिकाको सुन लुट्ने महिला पक्राउ महानगरीय प्रहरी वृत बौद्धले बालबालिकालाई लक्षित गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो।