संविधान दिवसबारे अलमलमा मधेश संविधान जारी हुँदा विरोध जनाउँदै सडकमा ओर्लिएका जसपा र लोसपा सत्तामा सहभागी भइरहेका छन् भने मधेशका नागरिक संविधान दिवस मनाउने कि कालो दिवसका रूपमा विरोध गर्ने अलमलमा छन्।
‘संविधान दिवसमा खुशियाली मनाउने बेला भएको छैन’ “आज संविधानसभाबाट संविधान जारी भएको दिन हो। त्यही संविधानका आधारमा हामी सरकार चलाइरहेका छौं। तर, मेरो कुरा के हो भने प्रदेश २ का लागि अझै पनि संविधान जारी भएको दिनलाई उत्सवको रुपमा मनाउने बेला भएको छैन।”