HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्वार्ता
हिमालखबर
हिमालखबर
“सानो टिमले गरेको निर्णयको स्वामित्व संगठनले लिन सक्दैन” (अन्तर्वार्ता) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पारदर्शिताको मुद्दा पेचिलो बनेको छ, अहिले। खासगरी, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गुनासो गर्ने ठूलो पंक्ति तयार भएको छ। दुई तिहाइ बहुमतको सरकार र त्यसलाई सञ्चालन गर्ने पार्टी विधि र प्रक्रियामा नचलेकामा असन्तुष्टी झांगिएको छ। उच्च तहकै नेताहरूबाट त्यस्तो असन्तुष्टी मुखरित भइरहेको छ। त्यसको अग्रपंक्तिमा देखिन्छन्, स्थायी कमिटी सदस्य घनश्याम भुसाल। नेकपा र सरकारको अहिलेको गतिबाट भुसाल त्यति आशावादी देखिँदैनन्। प्रस्तुत छ, सरकार र त्यसलाई सञ्चालन गर्ने नेकपाको कार्यशैली, सम्भावित परिणाम र समाधानका आयामहरूमा केन्द्रित रहेर हिमालखबरका लागि रामेश्वर बोहराले गरेको संवादको सम्पादित अंश-
हिमालखबर
हिमालखबर
“सभापतिज्यु, छेउ लाग्नूस्, नत्र कार्यकर्ताले धकेलिदिनेछन्” तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ को कदम चालेर मुलुकलाई निरंकुशताको बाटोमा अगाडि बढाउँदा त्यतिबेलाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र गणतन्त्रको नारा घन्काएका थिए, युवा नेता गगन थापाले। यतिबेला तीन तहका चुनावमा हार व्यहोरेर थकित कांग्रेसलाई व्युँताउने अभियानमा छन्, थापालगायतका नेताहरू। र, पार्टीको अघिल्लो पुस्ताले बिश्राम लिए मात्र पार्टीले पुनर्जीवन पाउने बताइरहेका छन्, उनीहरू। प्रस्तुत छ, कांग्रेसको आन्तरिक राजनीति, सार्वजनिक जीवनमा पार्टीको भूमिका, वर्तमान सरकारको कार्यशैलीप्रति कांग्रेसको धारणालगायत विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य थापासँग हिमालखबरका लागि उपेन्द्र पोखरेलले गरेको संवादको सम्पादित अंश-
हिमालखबर
हिमालखबर
हिमालखबर
हिमालखबर
हिमालखबर
हिमालखबर
‘पीडितले न्याय पाउने हकमाथि कुठाराघात हुँदैछ’ (अन्तर्वार्ता) तत्कालीन सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १२ वर्ष पूरा भएको छ। शान्तिप्रक्रिया शुरु भएको १२ वर्षमा पनि द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका पीडकमाथि कारबाही हुने र पीडितले न्याय पाउने वातावरण बन्न नसकेको बताउँदै पीडितहरूले संक्रमणकालीन न्यायको नयाँ प्रक्रिया शुरु गर्नुपर्ने माग गरिरहेका छन्। पीडितकै एक समूह भने नयाँ प्रक्रियाको माग गर्नुलाई आफूहरूको न्याय पाउने हक कुठाराघात गर्ने सुनियोजित प्रपञ्च भनिरहेको छ। यो समूहमा रहेका द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाह भन्छन्, “पीडकलाई उन्मुक्ति दिने सुनियोजित षडयन्त्र भएकाले हामी त्यसविरुद्ध खबरदारीमा उत्रेका छौं।”