HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
विद्यालयको पूर्वाधार निर्माणका लागि स्थानीयले दिए ११ रोपनी जग्गा  मुगुको सोरु गाउँपालिका-२ जडेपानी गाउँका ९ जनाले करीब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्क प्रदान गरेका छन्। आफ्नै गाउँमा रहेको जनज्योती माध्यामिक विद्यालयको भौतिक पूर्वाधार बिस्तार र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय बासिन्दाले आफूले भोगचलन गर्दै आएको ११ रोपनी खेतीयोग्य जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।