रुपन्देही-१ मा छविलालको अग्रता कायमै
रुपन्देही-१ मा नेकपा (एमाले)का छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्।
उनी सत्ता गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवारी दिएका घनश्याम भुसालभन्दा एक हजार नौ मतले अगाडि छन्।
विश्वकर्माले चार हजार ४३० मत प्राप्त गर्दा भुसालले तीन हजार ४२१ मत प्राप्त गरेका छन्। त्यसै गरी नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले तीन हजार ३७३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा अहिलेसम्म १७ हजार ६६७ मत गणना भएको छ।