रुपन्देही-३ मा राप्रपाका बोहोराभन्दा गृहमन्त्री खाँण पछि
रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले अग्रता लिएका छन्।
राप्रपाका उम्मेदवार बोहराले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई उछिनेका हुन्। बोहराले चार हजार १७० मत ल्याएका छन् भने गृहमन्त्री समेत रहेका खाँणले तीन हजार ९१९ मत ल्याएका छन्।
अहिलेसम्म १० हजार ६४० मत गणना भएको छ।