तस्वीरमा फूलको मेला
तिहारको अवसरमा ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १५औं गोदावरी पुष्प मेला आयोजना गरिएको छ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)ले आयोजना गरेको मेलामा ४९ वटा व्यावसायिक स्टल, दुई वटा प्रतियोगितात्मक स्टल र चार वटा सूचनामूलक स्टल राखिएका छन्। बिहीबारदेखि शुरू भएको मेला चार दिनसम्म चल्नेछ।