हनुमन्ते नदीमा भक्तजनको घुइँचो (तस्वीरहरू)
कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसरमा भक्तपुरको हनुमन्ते नदीमा भक्तजनको घुइँचो लागेको छ।
आजको दिन मीठोमसिनो खुवाएर बुबाको मुख हेर्ने गरिन्छ। बुबा गुमाएका व्यक्तिहरू पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वर लगायत विभिन्न मन्दिरमा पुग्ने गरेका छन्।
यसै क्रममा भक्तजन भक्तपुरको हनुमन्ते नदी पुगेका हुन्। त्यहाँ उनीहरूले श्रद्धापूर्व तर्पण, सिदादान र पिण्डदान गरेका छन्।