नेता प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिइँदै (तस्वीरहरू)
अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ।
क्यान्सर रोगबाट पीडित नेता गिरिको उपचारका क्रममा गएराति ९ः३० बजे निधन भएका थियो। उनी एक महीनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थिए।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको हो। राजनीतिक दलका नेता, मन्त्री, सांसद एवं विभिन्न क्षेत्रका व्यक्ति उनलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगेका छन्।
यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।