कीर्तिमानी आरोही सानु शेर्पाको स्वागत (तस्वीरहरू)
संसारका अग्ला १४ वटा हिमालको दोहोर्याएर आरोहण गर्ने आरोही सानु शेर्पाको स्वागत गरिएको छ।
उनले गत साउन ५ गते पाकिस्तानको मेसरब्रुम-२ को दोहोर्याएर आरोहण गरेसँगै कीर्तिमान कायम गरेका थिए। योसँगै उनले अग्ला १४ वटा हिमालको दोहोर्याएर सफल आरोहण पूरा गरेका हुन्।
पाकिस्तानबाट शनिबार काठमाडौं फर्किएका शेर्पाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो।