HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
चुनावको मुखमा बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले दियो जमानत बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालूप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ। चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ। भारतीय समाचार संस्थाहरूका अनुसार एउटा अर्को मुद्दामा सुनुवाई हुन बाँकी भएकाले उनी तत्काल जेलमुक्त भने हुनेछैनन्।
चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणबाट निधन चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणका कारण निधन भएको छ। चेन्नईको एक अस्पतालमा उपचारको क्रममा गायक बालासुब्रमण्यम निधन भएका हो।