HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्वार्ता
दिनकर नेपाल
दिनकर नेपाल
'नयाँ राष्ट्र' को यात्रा दिनकर नेपालराष्ट्र―निर्माणको अढाइ सय वर्ष यात्रा पूरा गरिसकेको नेपाली नेतृत्वले यतिबेला एउटा पेचिलो प्रश्नको सामना गर्नुपरेको छ– साँघुरिंदै खुम्चने वा खुकुलो हुँदै फक्रिने? मधेशले 'हामी भारतको डायस्पोरा होइनौं' भनेजस्तै भारतमा नेपालीभाषी भारतीयहरूले 'हामी नेपाली होइनौं' भन्छन्। कारण लगभग उही हो– नेपालीभाषीलाई आफूहरू भारतीय राष्ट्रियताको अंग भएको सिद्ध गर्नुपर्ने बाध्यता छ। त्यही प्रयासमा नेपाली नभनेर गोर्खाली भन्ने छुट्टै पहिचान बनाइएको छ। रोचक कुरा त के छ भने, नेपालमा जनजातिको बेग्लाबेग्लै पहिचान देखाउने होड छ भने भारतमा सबै नेपालीभाषी एक भएर 'गोर्खाली' चिनारीमा आबद्ध हुने बाध्यता।
हिमालखबर
हिमालखबर
बाटो बिराएको स्वास्थ्य क्षेत्रलाई ट्र्याकमा ल्याउँदैछु (गगन थापासँग अन्तर्वार्ता) २०४६ सालको परिवर्तनपछि स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको रहेछ। त्यो बेलाको स्वास्थ्य नीति र सेवाको विस्तारले नेपालको स्वास्थ्य क्षेत्रलाई अर्को स्तरमा पुर्‍याएको रहेछ। अहिले बाल र मातृ मृत्युदर घट्नुमा त्यो बेला लिएका नीतिगत निर्णयहरूले भूमिका खेलेका छन्। वास्तवमा त्यो स्वास्थ्य क्षेत्रको 'गोल्डेन एज' थियो। तर, त्यसपछि विकृतिहरू देखिन थाले। सुशासनमा समस्या देखियो। मन्त्रालय नै अल्मलियो। केही कामै नभएको भनौं भने अभूतपूर्व उपलब्धिहरू भएका छन्। सबै ठीक छ भनौं भने यति अलमल र बेथितिको संस्था नै हुन्न जस्तो लाग्छ।
पुरञ्जन आचार्य
पुरञ्जन आचार्य
नेपालमा नयाँ शक्तिको भविष्य - पुरञ्जन आचार्य नेपालमा नयाँ शक्ति आवश्यक नै छ । नयाँ शक्तिको अगाडि चुनौतीको पहाड पनि छ । अहिले मुलधारमा रहेका पार्टीहरु लामो इतिहास र त्याग–तपस्याबाट बनेका हुन् । त्याग गरेकालाई विश्वास गर्नुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता पनि छ । यिनको नेतृत्व अक्षम भए पनि लोकतन्त्र त्याग्दैन भन्नेमा जनता विश्वस्त छन् । नेपाली कांग्रेस विराटनगर (जुटमील आन्दोलन), नेकपा एमाले झापा विद्रोह र माओवादी रोल्पाबाट उठेका पार्टीहरु हुन् । तर, काठमाडौंबाट शुरु गरेको प्रजा परिषद् असफल भयो । काठमाडौंमा स्वार्थ समूहको बोलबाला छ । यी सब कारणहरुले गर्दा काठमाडौंबाट नयाँ शक्ति उठ्न नसक्ने संभावना ९० प्रतिशतभन्दा बढी छ ।