HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्वार्ता
रामेश कोइराला
रामेश कोइराला
मधेश राजनीति: भविष्यको आकलन -रामेश कोइरालाभोट ब्यांकका हिसाबले आरामदायी कुर्सीमा नरहेका मधेशकेन्द्रित दलहरूबाट आरक्षण, विकास जस्ता मुद्दालाई अगाडि आउन नदिन अर्को आन्दोलनको प्रयास हुनसक्छ। बिहारको जातीय राजनीतिको प्रतिलिपि बनेको मधेशी राजनीतिमा भ्रष्टचार वा विकासभन्दा नेताको जात प्राथमिकतामा पर्‍यो । त्यही जातीय समीकरण नमिल्दा मधेशकेन्द्रित दलहरुले हार बेहोर्नुपर्‍यो ।  आन्दोलनको ज्वारभाटा शान्त भएपछि मधेशको जातीय राजनीतिमा आरक्षणको विषयले हलचल ल्याउनेछ । प्रजातन्त्र पुनर्स्थापनापछि लागू भएर गणतन्त्रमा परिमार्जित गरिएको आरक्षणतर्फको मधेशी कोटामा अहिले मधेशी उच्चजाति अर्थात भूराबालको हालिमुहाली छ । भारतमा आरक्षण नपाउने वर्गका सवर्णहरु नेपालमा आरक्षणका लागि असली हकदार बनेका छन् ।