HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय तहः असीमित सम्भावना अनेक चुनौती अधिकारसम्पन्न स्थानीय सरकार आफैंमा क्रान्तिकारी प्रयोग भए पनि यसका सामु अहिल्यैबाट व्यवस्थापन थाल्नुपर्ने चुनौतीका चाङ छन् ।
छोरा, अब नेपाल बन्दैछ !
छोरा, अब नेपाल बन्दैछ ! -दिनकर नेपालतिमी आउँदा-आउँदै काठमाडौंमा जताततै धुलोले तिमीलाई स्वागत गर्नेछ। कति पटक तिमीलाई मुखमा मास्क लगाएर यता र उता हिंडाउनपर्दा तिम्री आमा मसँग रिसाउनुहोला ।कति पल्ट मलाई नभने पनि उहाँलाई पछुतो हुनेछ।  यहाँ समस्याहरु धेरै छन् तर, समस्या नभएको त कुन ठाउँ हुन्छ र ? म मान्छु, अहिले भत्केका धेरै कुराहरु मिलाउन पर्ने छ। तर यो बाहेक मेरो अर्को घर छैन बाबु। नेपाल बाहेक मेरो अर्को विकल्प नै छैन! त्यसैले यहाँ नै मेरो भविष्य खोज्न र यहाँ नै तिम्रो भविष्य खोज्न म वाध्य छु। तिमीलाई यो बाध्यता मेरो 'पागलपन'ले पारेको हो तर यसमा मलाई ग्लानि छैन किनकि मलाई पुरा विश्वास छ छोरा - अब नेपाल बन्दैछ !