HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी पारित, पक्षमा ६९ मत विपक्षमा १३ मत खस्यो प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको राप्ति नदीको किनार देउखुरी उपत्यका राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ। मंगलबार भएको मतदानमा प्रदेशसभाका बहुमत सदस्यले सरकारले प्रस्ताव गरेको राजधानीकै पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो। 
रासायनिक मल कारखाना स्थापनाको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन संसदीय समितिले तत्काल नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि काम अगाडि बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। कृषकहरूले बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधानतर्फ मन्त्रालयलाई गम्भीर हुन समितिले निर्देशन दिएको हो।