HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना उपचारमा प्रयोग हुने फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरू नेपाली औषधी उत्पादक कम्पनि देउराली जनताले उत्पादन गरेको कोरोना उपचारमा प्रयोग हुने औषधी 'फाभिरपिराभिर' को तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत बिरामीको सहमतिमा यो औषधीको तेस्रो चरणको क्लिनिकल ट्रायल शुरु भएको हो।
कोरोना परीक्षण निःशुल्क गर्न सर्वोच्चले दिएको आदेश 'अपरिपक्व र विरोधाभासपूर्ण' भएको सरकारको जिकिर कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले करीब एक महीना पहिले दिएको आदेश बदर गर्न माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। उक्त निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतको उक्त आदेशलाई अपरिपक्व र विरोधाभासपूर्ण भनेको छ।