बाढीपीडितको बस्तीमा वनको डोजर
![बाढीपीडितको बस्तीमा वनको डोजर](https://himal.softnep.website/uploads/posts/800X600/kailali-(1)-1719307457.jpg)
कैलालीको भजनी नगरपालिकाका वडा १ र ९ मा बस्दै आएका बाढीपीडितको बस्तीमा डिभिजन वन कार्यालयले डोजर लगाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले मंगलबार बाढीपीडित बस्तीका घरटहरा भत्काएको हो। जसकारण जंगल छेउछाउमा बस्दै आएका करीब ५०० परिवारको बिचल्ली भएको छ।
![kailali (2).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (2).jpg)
मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको आग्रहमा बस्ती खाली गरिएको डिभिजन वन कार्यालयको भनाइ छ। कार्यालयका अनुसार ३० बिघा वन क्षेत्र खाली गराएको हो।
वन कार्यालयले स्थानीय तहसँग कुनै समन्वय नगरी डोजर चलाएको भजनी नगरपालिकाका मेयर केवल चौधरीले बताए। वर्षातको वेला कुनै विकल्प नदिई डोजर चलाएकोमा मेयर चौधरीले विरोध जनाएका छन्।
![kailali (3).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (3).jpg)
वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरटहरा भत्काएको मेयर चौधरीले बताए। भजनी नगरपालिकाका वडा नंं ३, ५, ७ र ९ का बाढीले विस्थापित बासिन्दा भजनी बजारछेउमा रहेको जंगल क्षेत्रमा बस्दै आएका थिए।
![kailali (7).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (7).jpg)
![kailali (4).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (4).jpg)
![kailali (5).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (5).jpg)
![kailali (6).jpg](https://www.himalkhabar.com/uploads/editor/social/kailai/kailali (6).jpg)