सहकारी ठगी विरुद्ध कांग्रेस सडकमा (तस्वीरहरू)
![सहकारी ठगी विरुद्ध कांग्रेस सडकमा (तस्वीरहरू)](https://himal.softnep.website/uploads/posts/800X600/congress-ktm-(4)-1716722066.jpg)
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस सडकमा उत्रिएको छ।
संसद्मा सत्ताको बलमिच्याइँ भएको भन्दै सहकारी ठगी विरुद्ध कांग्रेसले सडकमा विरोध शुरू गरेको हो। आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले प्रदर्शन गरेको छ।
संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएको छ। कांग्रेसको अवरोधबीच पनि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आइतबार बैठक सञ्चालन गरेका छन्।
![congress ktm (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/sahakari/congress ktm (1).jpg)
सरकारले सदनमा आवाज नसुनेपछि सडकमा आउनुपरेको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सडकमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
प्रदर्शनीमार्गमा आयोजित प्रदर्शनमा कांग्रेसका काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तासँगै सर्वसाधारण सहभागी छन्। उनीहरूले सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न, सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।
![congress ktm (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/sahakari/congress ktm (3).jpg)
![congress ktm (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/sahakari/congress ktm (5).jpg)
![congress ktm (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/sahakari/congress ktm (2).jpg)