बालेनको दमन विरुद्ध दुई दिनदेखि निरन्तर उभिएर प्रदर्शन
![बालेनको दमन विरुद्ध दुई दिनदेखि निरन्तर उभिएर प्रदर्शन](https://himal.softnep.website/uploads/posts/800X600/balen_ko_birodh_(10)_1695299462.jpg)
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले विकल्प विना सडक व्यापारीलाई हटाएको भन्दै दुई दिनदेखि निरन्तर उभिएर प्रदर्शन भइरहेको छ।
राष्ट्रिय सभागृह अगाडि केही युवा र विस्थापित व्यापारीले लगातार ७७ घण्टा उभिएर विरोध गर्ने अभियान थालेका छन्। अभियन्ता ई.ई. लगायतका युवाले शुरू गरेको शान्तिपूर्ण प्रदर्शनले ५२ घण्टा नाघेको छ।
यसअघि राज्यले कोभिड-१९ महामारी नियन्त्रण गर्न तदारुकता नदेखाएको भन्दै ई. लगायतका युवाले ‘इनफ इज इनफ’ अभियान थालेका थिए। अहिले उनीहरू काठमाडौंका मेयर साहको दमन विरुद्ध उभिएका हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20%282%29.jpg)
फूटपाथ व्यापारीमाथिको दमन र अमानवीय धरपकडको विरुद्धमा प्रदर्शनमा उत्रिनुपरेको उनीहरूले जनाएका छन्। काठमाडौंका मेयर साहले चुनावअघि फूटपाथ व्यवसायीलाई ‘सजिलै व्यवस्थापन गर्न सकिन्छ’ भने पनि चुनाव जितेपछि उल्टो बाटो हिंडेकाले विरोध गर्नुपरेको उनीहरूको भनाइ छ।
उनीहरूले समय, स्थान तथा शुल्क तोकेर आपत्कालीन सवारीलाई असर नपर्ने गरी व्यापार-व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न महानगरलाई ज्ञापनपत्र बुझाएका थिए। तर, महानगरले फूटपाथ व्यवसायीलाई व्यवस्थापन गर्ने विषयमा कुनै कदम नचालेपछि सडकमा उत्रिएका हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(9).jpg)
उनीहरूको आन्दोलनलाई फूटपाथ व्यवसायीले पनि साथ दिएका छन्। उनीहरू ‘गरीब होइन, गरीबी हटाऊ,’ ‘हाम्रो चिनारी क्रूरता कि करुणा,’ ‘गरी खान देऊ,’ लगायत नारा अङ्कित प्लेकार्ड बोकेर उभिएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(13).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(12).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(16).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(8).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/ii/balen%20ko%20birodh%20(1).jpg)