HimalKhabar.com :: A Complete Nepali Political News Portal
बौद्धिक चोरी गरेर कहिलेसम्म विद्वान् कहलिने? स्नातकोत्तर पढाइ पूरा गर्न लेख्नुपर्ने शोधपत्र तोडमोड गरी सार्ने वा अरूलाई लेखाउनेको जमात ठूलै छ। तिनै व्यक्ति विश्वविद्यालय वा अनुसन्धान संस्थाको नेतृत्वमा पुग्दा अनुसन्धान सदाचार पालन हुन कठिन हुन्छ। त्यसैले हाम्रा अनुसन्धान निकायमाथि अविश्वास बढ्दो छ।