स्थानीय तहः असीमित सम्भावना अनेक चुनौती
अधिकारसम्पन्न स्थानीय सरकार आफैंमा क्रान्तिकारी प्रयोग भए पनि यसका सामु अहिल्यैबाट व्यवस्थापन थाल्नुपर्ने चुनौतीका चाङ छन् ।
दशक लामो द्वन्द्व र झ्ण्डै त्यति नै लामो संक्रमणकाल हुँदै अहिले नयाँ संविधानअन्तर्गत अधिकारसम्पन्न स्थानीय सरकार जनतासामु आएको छ । लोकतन्त्रका अन्तर्राष्ट्रिय मानकहरूका आलोकमा हेर्दा नेपाली समाजको लागि यो व्यवस्था आफैंमा ठूलो फड्को हो । महिला तथा दलितको उल्लेख्य प्रतिनिधित्व र शासनसत्तामा पहुँचले यो परिवर्तनलाई उत्साहपूर्ण बनाएको छ ।
दुई दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको पृष्ठभूमिमा अहिलेको चुनावमा भएको उत्साहपूर्ण जनसहभागिताले पनि धेरै सकारात्मक सन्देश दिएको छ । तर, मिहीन रूपमा हेर्दा चुनौती पनि कम छैनन् । अझ्, व्यवस्था आफैंमा साध्य होइन, साधन मात्र हो भन्ने आलोकमा चुनौतीको आकलन गर्दा सचेत हुनुपर्ने अनेक कारण भेटिन्छन् ।
भ्रामक ‘ग्रान्ड न्यारेटिभ’
झ्निामसिना समस्या पक्कै आउँछन्, तर संघीयता कार्यान्वयन लगभग सुनिश्चित छ । यो अवस्थामा नेपालमा अब जातीय र क्षेत्रीयता मुद्दा ‘सेटल’ भएको हो कि केही समयको लागि ओझ्ेल परेको हो ? अबको राजनीति वर्ग र जातीयताको मुद्दाबाट समृद्धितिर डोरिन्छ ? अहिलेका मुख्य प्रश्न यिनै हुन् ।
पहिलो चरणको स्थानीय तह चुनावको परिणाम हेर्दा नेपाली राजनीतिमा आधारभूत रूपमा सिद्धान्तको लडाईं नै छैन जस्तो देखिन्छ । हिजो एकअर्काका प्रधान शत्रु कांग्रेस र माओवादी मिलेर चुनाव लड्नुले द्वन्द्वपछिको नेपाली राजनीति दिशाहीन भएको देखाउँछ । अझ् त्यसप्रकारको तालमेललाई जनताले अस्वीकार गरेपछि यो देखिएको छ कि अहिलेका स्थापित दलहरूले जनचाहनालाई सैद्धान्तिक बल दिन सक्दैनन् । राजावादी–धर्मवादी राप्रपा र कम्युनिष्ट एमालेको चुनावी मिल्तीले पनि त्यही सिद्ध गरेको छ ।
नेपाली राजनीतिमा अहिले सैद्धान्तिक दिशाहीनता देखिनुका प्रष्ट कारण छन् । हिंसात्मक संघर्षलाई सम्झैतामा टुङ्ग्याएपछिको वैचारिक संघर्षले सम्झैताकै रूप लिंदा चुनावमा कसैको स्पष्ट जित भएन । त्यो सम्झैता समयको आवश्यकता पनि थियो । त्यसमाथि नेपाली अर्थ–राजनीतिक व्यवस्थाको मूल चरित्र नै परनिर्भर भएको हुनाले आफ्नो मौलिक वैचारिक बल र सैद्धान्तिक पहिचान बन्न निकै गाह्रो छ । त्यसकारण पनि मूलधारका दलहरू एकै प्रकारका अजेन्डाहरूमा काम गर्न बाध्य छन् ।
वर्ग–विचारको प्रतिस्पर्धा नहुँदा पछिल्लो चरणमा राष्ट्रिय भनिएका दलहरू एकापट्टि र मधेशकेन्द्रित दलहरू अर्कोपट्टि भएको विकराल परिस्थिति देखियो । क्षेत्रीयताको राजनीतिलाई राष्ट्रिय तहमा ‘ग्रान्ड न्यारेटिभ’ बनाइएको छ । भारतको एक पक्षलाई टेवा दिने राजनीतिले गर्दा यो फाटो बढेको देखिएको थियो । मधेशका स्थानीय इकाइहरूमा चुनाव भएको छैन, तर अन्यत्रको मत परिणामलाई आधार मान्ने हो भने आम मधेशीले पनि यो भ्रामक ‘ग्राण्ड न्यारेटिभ’ लाई अस्वीकार गर्ने देखिन्छ ।
कामचलाउ भ्रष्ट चरित्र
राजनीतिक अनिश्चितता यति धेरै भयो कि उम्मेदवारहरूले आवेदन दिने दिनसम्म पनि निर्वाचन हुन्छ भन्नेमा शंका थियो । निर्वाचनको तयारी राम्रो थिएन । मतगणनामा त अझ् हास्यास्पद अलमल देखियो । समग्रमा नेपाली समाजको चरित्र नै कामचलाउ बनेको पुष्टि यो घटनाबाट भएको छ । यस्तो सामाजिक चरित्रले अहिलेको ऐतिहासिक परिवर्तनलाई समस्यामा पार्ने अड्कल काट्न सकिन्छ ।
नयाँ स्थानीय सरकारहरूलाई असीमित अधिकार र ठूलो बजेट दिइएको छ । तर, एकतिहाइ स्थानीय सरकार निर्वाचित भएर कार्यभार शुरू गर्ने बेलासम्म आवश्यक कानून, नियमावलीहरू बनेका छैनन् । अझ् आश्चर्य के छ भने यसलाई निकै सहज रूपमा लिइएको छ । मानौं, सबै कुरा समयमै तयारी भएको भए चाहिं अचम्म मान्नुपर्ने थियो !
हाम्रो कर्मचारीतन्त्रमा यो कामचलाउ प्रवृत्ति रहेसम्म अधिकारसम्पन्न भनिएका स्थानीय तह प्राविधिक दक्षताको अभावमा थलिने सम्भावना रहन्छ । योसँगै भ्रष्टाचार स्थानीय सरकारको लागि ठूलो समस्या रहनेछ । स्थानीय राजनीतिलाई कर्मचारी–राजनीतिक संयन्त्र मिलेमतोले भ्रष्टाचारको स्वर्ग बनाएकै छ । स्थानीय जनता सहभागी भएको उपभोक्ता समितिहरूले नै भ्रष्टाचार गरेका घटना सार्वजनिक भएका छन् । यो अवस्थामा अहिलेका अधिकारसम्पन्न स्थानीय सरकारहरू पनि भ्रष्टाचारमा लिप्त भएर ठूलो अवसर गुम्ने खतरा पनि छ । यसको लागि बेलैमा सचेत हुने र त्यस्तो हुन नदिन उचित कदम उठाउनु अत्यावश्यक छ ।
२० वर्षपछिको चुनावले स्थानीय सरकारप्रतिको जनआकांक्षा चुलिएको छ । उदारीकरण र भूमण्डलीकरणका अनुभवहरूले यही समयमा विचार र आकांक्षाहरूलाई उध्र्वमार्गी बनाएको छ । यसले पनि स्थानीय सरकारहरूमाथि आकांक्षाको भार बढेको छ । तदनुरूप स्रोतसाधन र क्षमता अभिवृद्धि हुन सकेन भने यो व्यवस्था नै असफल हुने परिणाम आउन सक्छ ।
प्रशासन सुधार सुझव समिति २०७० को प्रतिवेदनमा कामको अत्यधिक बोझ् र जनशक्ति अभाव स्थानीय तहको मुख्य समस्या हुने उल्लेख थियो । अहिलेको स्थानीय सरकारहरूमा त कामको बोझ् झ्नै बढेर गएको छ । दक्षताको अभावमा सेवाको गुणस्तर र प्रभावकारिता सन्तोषजनक बन्दैनन् । वित्तीय तथा कानूनी दक्षताको अभावमा जनप्रतिनिधिसामु कार्यसम्पादनका चुनौती छन् । भ्रष्टाचार र वित्तीय अराजकता रोक्न बेलैमा आवश्यक कदम चालिनुपर्छ ।
विकासको पुनःकल्पना
एकातिर ठूला–ठूला कुरामा अड्किएको राष्ट्रिय राजनीतिलाई जनताको प्रत्यक्ष सरोकारका विषयमा फर्काउने भूमिका स्थानीय राजनीतिले खेल्न सक्छ भने अर्कोतिर असीमित अधिकार पाएका स्थानीय सरकारहरूले ‘भिजन’ भएका दक्ष नेतृत्व पाए हाम्रा गाउँ–शहरहरूले ठूलै फड्को मार्न सक्छन् । यसका लागि हाम्रो आवश्यकता अनुसारको विकासको मौलिक अवधारणा आवश्यक छ ।
स्थानीय निकायमा विनियोजित बजेटको खर्चबारे गरिएका अध्ययनहरूले ६० प्रतिशतभन्दा बढी हिस्सा सडकमा लगाएको देखाएका थिए । कतिसम्म भने महिला, दलित, जनजाति तथा अपाङ्ग लक्षित कार्यक्रमहरूमा खर्च गरिनुपर्ने बजेट समेत सडक उनीहरूले पनि प्रयोग गर्ने हो भन्दै डोजर चलाएको थुप्रै उदाहरण छन् । अर्थात्, हामीकहाँ जवाफदेही, कार्यदक्षता र नियमनको अभावले ल्याउने समस्यासँगै विकासको मोडेल र बुझइमा पनि ठूलो समस्या छ ।
अधिकारसम्पन्न स्थानीय सरकार वास्तवमै नेपालको राजनीतिक व्यवस्थामा क्रान्तिकारी प्रयोग हो । स्थानीय नेतृत्वले उपलब्ध ज्ञान र साधनको उचित प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामान्य प्रशासनमा छिट्टै क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । राष्ट्रिय तहमा पनि केही नीतिगत हस्तक्षेप आवश्यक छ । हरेक नागरिकलाई सय दिनको अनिवार्य रोजगार जस्ता नीतिद्वारा अहिलेको विकेन्द्रीकरणलाई सही दिशा दिन सकिन्छ ।
हाम्रो गाउँठाउँ सुहाउँदो विकास के हो ? शिक्षाको प्रारूप कस्तो हुनुपर्छ ? सामाजिक सद्भाव, मूल्यमान्यता, पर्यावरण सन्तुलन आदि उद्देश्यहरूलाई विकासमा कसरी समायोजन गर्ने ? यीलगायतका थुप्रै पक्षमा बेलैमा विचार नपु¥याउँदा अहिलेको हाम्रो राजनीतिक प्रयोग असफल हुने सम्भावना कायमै रहन्छ ।