HimalKhabar.com :: A Complete Nepali Political News Portal
इँटाभट्टामा यौन शोषण, गर्भवती र सुत्केरीलाई ज्यानकै जोखिम इँटाभट्टामा महिला कामदार बस्न बनाइएका झुप्रामा ढोका होइन, पर्दा राखिएका छन्। रक्सी पिएर आउने पुरुष मजदूरले गर्ने यौन दुर्व्यवहार नियमित जस्तै छ। त्यति मात्र नभई गर्भवती र सुत्केरीले लगातार गह्रुंगो भारी बोक्दा ज्यान नै जोखिममा परिरहेको छ।