सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड (पूर्ण पाठ)
![सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड (पूर्ण पाठ)](https://himal.softnep.website/uploads/posts/800X600/sudurpaschim-budjet-81-82a-copy-1718456376.jpg)
आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा आगामी आव २०८१/८२ को बजेट पेश गरेका छन्। जसमध्ये चालू खर्चतर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँ छुट्याइएको मन्त्री पालले बताए।
चालू आवको तुलनामा सुदूरपश्चिम सरकारले आगामी वर्षको बजेट बढाएर ल्याएको छ। चालू आव २०८०/८१ मा २९ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
खर्च जुटाउन भने सुदूरपश्चिम सरकार पनि केन्द्रमै निर्भर देखिएको छ। सरकारले आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० लाख रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँडतर्फ नौ अर्ब ९९ करोड रुपैयाँ, संघीय रोयल्टीबाट चार करोड ४० लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ७२ करोड २७ लाख रुपैयाँ जुट्ने अनुमान गरेको छ।
त्यस्तै, नगद मौज्दातबाट ६ अर्ब १५ करोड रुपैयाँ, संघीय सरकारले दिने सशर्त अनुदानबाट तीन अर्ब १३ करोड रुपैयाँ, समपूरक अनुदानबाट एक अर्ब ४२ करोड रुपैयाँ र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ जुट्ने प्रदेश सरकारको आकलन छ।
सुदूरपश्चिम सरकारले पनि भौतिक पूर्वाधारमै जोड दिएको छ। जसका लागि १३ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको पूर्ण पाठ :