‘चाडपर्वमा ड्रोन र गोप्रो क्यामेरा मार्फत सुरक्षा निगरानी गर्छौं’
प्रहरीले चाडपर्वमा ड्रोन र गोप्रो क्यामेरा मार्फत काठमाडौंमा सुरक्षा निगरानी गर्ने भएको छ। सुरक्षाका दृष्टिले संवेदनशील ठाउँ पहिचान गरेर यी प्रविधि मार्फत निगरानी गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताए।
ड्रोन र गोप्रोले खिचेको भिडिओ रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालय र त्यस मातहतका जिल्ला परिसरमा रहेका ‘कन्ट्रोल रुम’ बाट हेरेर प्रहरी परिचालन हुनेछ। भीडभाड हुने स्थानमा ड्रोन क्यामेरा उडाएर सुरक्षा व्यवस्थाको निगरानी गरिनेछ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा केन्द्रित रहेर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख खत्रीसँग गरिएको संवाद:
अन्तर्वार्ताः मनबहादुर बस्नेत
क्यामेराः सुमन नेपाली
अडियोः सोमित अधिकारी
सम्पादनः परीक्षित शाही