आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने, काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा
![आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने, काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा](https://himal.softnep.website/uploads/posts/800X600/Bhoto_Jatra_1684984043.jpg)
भोटो जात्राको अवसरमा आज काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको छ।
आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ। रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (भोटो जात्रा)का अवसरमा आज काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा समेत दिइएको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको थियो।
सूचनामा भनिएको थियो, ‘२०८० जेठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
भोटो जात्राको अवलोकन राष्ट्र प्रमुखले गर्ने परम्परा छ।