यी हुन् दाहालको प्रतिवेदनमाथि छलफल गर्ने २५ समूह
नेकपा (माओवादी केन्द्र)ले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ।
राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनाएका समूहको नेतृत्व गर्न विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ। समूहको निष्कर्षलाई नेताहरूले नै बन्दसत्रमा प्रस्तुत गर्नेछन्।
प्रदेश र जनवर्गीय सङ्गठनलाई २५ समूहमा विभाजन गरिएको हो। अहिले समूहमा प्रतिवेदन अध्ययन गर्न लगाइएको छ। ती समूहलाई छलफल गर्न छुट्टाछुट्टै स्थान तोकिएको छ।
छलफल गर्न बनाएका समूह:
१) ज्येष्ठ कम्युनिष्ट मञ्च (प्रज्ञा भवन)
२) सल्लाहकार परिषद् क (प्रज्ञा भवन)
३) सल्लाहकार परिषद् ख (प्रज्ञा भवन)
४) प्रदेश १ क. (भानुभक्त हल प्रज्ञा)
५) प्रदेश १ ख. (भानुभक्त हल प्रज्ञा)
६) प्रदेश २ क.(पारिजात हल प्रज्ञा)
७) प्रदेश २ ख. (पारिजात हल प्रज्ञा)
८) लुम्बिनी क. (पुस्तकालय हल प्रज्ञा)
९) लुम्बिनी ख. (पुस्तकालय हल प्रज्ञा)
१०) गण्डकी क. (पेरिसडाँडा)
११) गण्डकी ख. (पेरिसडाँडा)
१२) प्रवास (पेरिसडाँडा)
१३) कर्णाली क. (ए वान पार्टी प्यालेस)
१४) कर्णाली ख. (ए वान पार्टी प्यालेस)
१५) सुदूपश्चिम क. (ए वान पार्टी प्यालेस)
१६) सुदूपश्चिम ख. (ए वान पार्टी प्यालेस)
१७) विभाग क. (क्वालिटी ब्याङ्क्वेट)
१८) विभाग ख. (क्वालिटी ब्याङ्क्वेट)
१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्वेट)
२०) सम्पर्क समन्वय क. (क्रिस्टल पार्टी प्यालेस)
२१) सम्पर्क समन्वय ख. (क्रिस्टल पार्टी प्यालेस)
२२) बागमती क. (बानेश्वर ब्याङ्क्वेट)
२३) बागमती ख. (बानेश्वर ब्याङ्क्वेट)
२४) आयोग (काठमाडौं ब्याङ्क्वेट)
२५) जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता (काठमाडौं ब्याङ्क्वेट)