अझै प्रतिगमनको खतरा छ: दुर्गा पौडेल
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा रहेको बताएकी छन्।
आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट एकजुट हुनुपर्ने बताइन्। “कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान सबै एकजुट हुनुपर्छ,” उनले भनिन्।
धर्मनिरपक्षेता र गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाले प्रतिगमनको खतरा यथावत रहेको उनको भनाइ थियो। “अझै प्रतिगमनको खतरा छ,” पौडेलले भनिन्, “प्रतिगमनलाई पराजित गर्न सबै दल एकजुट हुन जरुरी छ।”
२०४६ साल जनआन्दोलन र २०६२-६३ को दोस्रो जनआन्दोलमा जस्तै सबै एकजुट हुनुपर्ने उनको भनाइ छ। राष्ट्रियतालाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन्।