आज १४ हजार स्वाब परीक्षण गर्दा ३१ सयमा कोरोना
आज पनि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या केही घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज देशभर १४ हजार ९१० जनाको स्वाब परीक्षण गर्दा तीन हजार ११४ जनामा कोरोना देखिएको छ। शुक्रबार दुई हजार ९७७ जनामा कोरोना देखिएको थियो।
आज संक्रमित देखिएकामध्ये १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३०९ जनामा र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, आज कोरोनाबाट १६ जनाको मृत्यु भएको छ। शुक्रबार १८ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ६९५ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार १९७ जना निको भएका छन्। शुक्रबार एक हजार ६७८ जना निको भएका थिए। अझै पनि २७ हजार ७५७ जना सक्रिय संक्रमित छन्।