उज्ज्वल थापाको कोरोना नेगेटिभ, स्वास्थ्य अवस्था स्थिर
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
रिपोर्ट नेगेटिभ आए पनि भाइरसले शरीरमा दीर्घकालीन क्षति गरेकोले स्वास्थ्य अवस्थामा सुधार नआएको अस्पतालले जनाएको हो।
थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट उपचार भइरहेको छ।
यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि ललितपुरपस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो।
४५ वर्षका थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष हुन्। थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका छन् ।