चीनमा उपचाररत कोरोनाभाइरस संक्रमित १४८ जना मात्र
कोरोनाभाइरसबाट कूल ८२ हजार ९०१ जना संक्रमित भएको चीनमा अब १४८ जना मात्र अस्पतालमा उपचाररत छन्।
त्यहाँ शनिबारसम्म पछिल्लो ६ दिनमा १० नयाँ संक्रमित फेला परेका थिए। तर, आइतबार नयाँ १४ संक्रमित फेला परेका छन्। पछिल्लो समय संक्रमित निको हुने दर निकै उच्च छ।
चीनमा कूल संक्रमितमध्ये ७८ हजार १२० जना निको भएका छन्। चार हजार ६३३ जनाको मृत्यु भयो। अहिले उपचाररत १४८ मध्ये १३५ जना सामान्य अवस्थामा छन्। १३ जना भने गम्भीर रहेको बताइएको छ।
करीब तीन हप्ता यता त्यहाँ कसैको मृत्यु भएको छैन। चीनले कोरोनाभाइरसको उद्गम थलो मानिएको वुहानमा भने कोही पनि संक्रमित उपचाररत नरहेको घोषणा गरिसकेको छ। वुहानमा कोरोना उपचारका लागि बनाइएका अस्पताल पनि बन्द गरिएका छन्।
अहिले चीनमा कतै पनि बन्दाबन्दी छैन। बन्दाबन्दीपछि विद्यालयसमेत खोल्ने चीन पहिलो देश बनेको छ। वुहान सहर रहेको हुपेइ राज्यमा पनि गत मार्च ६ देखि विद्यालयहरु खोलिएका छन्।
अमेरिकामा कोरोनाभाइरसबाट ८० हजारको मृत्यु, ब्राजिलमा पनि १० हजार नाघ्यो