HimalKhabar.com :: A Complete Nepali Political News Portal
गोपाल योञ्जनबारे पिटर जे कार्थकले छरेका भ्रम र तथ्य गोपाल योञ्जन सम्बन्धी लेखमा पिटर जे. कार्थकले बारम्बार अम्बर गुरूङको चर्चा छिराएका छन्। योञ्जनलाई एक ठाउँ 'ऊ आफैं एउटा इन्स्टिच्यूसन बनिसकेको'  भन्ने वाक्यमा समेत गुरूङको नाम घुसाएका छन्। यसबाट ‘अम्बर गुरुङलाई जबर्जस्ती भए पनि गोपाल योञ्जनको गुरु बनाउने उनको आफ्नो एकल अभिप्राय देखिन्छ। यस्तो इतिहास पढ्नेले भोलिका दिनमा कस्तो धारणा बनाउँलान्?