HimalKhabar.com :: A Complete Nepali Political News Portal
शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी शैक्षिक सत्र शुरू भएको तीन साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो।