HimalKhabar.com :: A Complete Nepali Political News Portal
रबरको ल्याप्चे, सोझासाझाको बिल्लीबाठ सीमावर्ती भारतीय बजारमा रबरको औंठाछाप बन्न थालेपछि तराईका जिल्लामा सोझासाझाको उठिबास लाग्न थालेको छ। जिल्ला अदालतहरूमा कीर्ते ठगीका मुद्दाको चाङ लाग्दा पनि सरोकारवाला निकायसँग न अनुसन्धानका लागि पर्याप्त क्षमता छ, न त यसलाई रोक्ने इच्छाशक्ति नै।