HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘२१औं शताब्दीका अरनिको’ राजकुमार दाइले (राजकुमार शाक्य) ले पूर्वी भुटानको तकिलामा बनाएको गुरु पद्मसम्‍भवको विशाल मूर्ति अहिले प्रख्यात बनेको छ। मूर्ति निर्माणका बेला कालिगडहरूले सम्पूर्ण काम हातैले गरेको देखेपछि भुटानका तत्कालीन प्रधानमन्त्री जिग्मे वाई. थिन्लेले यसलाई विश्वकै एउटा नमूना हुने भन्दै उहाँको काँध थपथपाउनुभएको थियो।