HimalKhabar.com :: A Complete Nepali Political News Portal
श्रमिकको बोनसमा सबैका आँखा कर्मचारीलाई बोनस दिएर बाँकी रहेको रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने गरी ऐन संशोधन प्रस्ताव दर्ता भएपछि त्यसको विरोध भइरहेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एकै पटक ८ पुसमा १०५ वटा ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। तीमध्ये बोनस ऐन संशोधन विधेयकको नाफामुलक प्रतिष्ठान र ट्रेड युनियनहरूबाट विरोध भइरहेको छ।