थातथलो उखेल्दिने बाढी! बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
‘एक गाउँ, एक भैरव दाइ’ नेपालका सबै गाउँमा मानिस छँदैछन्, मिहिनेत गर्ने पाखुरा छँदैछन्। जमिन, पानी, बोटविरुवा, हावा, घामजस्ता प्राकृतिक साधन धेरथोर मात्रामा छँदैछन्। मात्र उत्प्रेरकको मात्र खाँचो छ। सबै गाउँमा एक एक जना भैरव दाइ पुर्याउन सके आधारभूत आवश्यकता पूरा हुनेरहेछ।