HimalKhabar.com :: A Complete Nepali Political News Portal
मतदाताबाट धर्म रक्षाको अपेक्षा
मतदाताबाट धर्म रक्षाको अपेक्षा लोकतन्त्रको प्राणको रूपमा रहेको निर्वाचन प्रदूषित भयो भने देश नै कमजोर हुन्छ । निर्वाचन मूलतः देशलाई माया गर्ने एउटा अवसर हो । हामी जस्तो जनप्रतिनिधि छान्छौं, देश त्यस्तै बन्छ । यस अर्थमा, पार्टी र प्रत्यासीहरू मात्र होइन हामी मतदाता पनि निर्वाचनरूपी परीक्षामा छौं ।  
मोर्चालाई सिंहदरबार छिर्ने सकस
मोर्चालाई सिंहदरबार छिर्ने सकस -चन्द्रकिशोर आन्दोलन लिएर काठमाडौं पुगेका मधेशकेन्द्रित दलहरूलाई वातावरण फेरिए पनि सिंहदरबार पस्न भने सजिलो छैन।अहिलेको नेतृत्वपंक्तिमाथि मधेशको भरोसा छैन। यसको अर्थ ठूला भनिने दलहरू मधेशमा लोकप्रिय छन् भन्ने पनि होइन। प्रमुख राजनीतिक दलहरूप्रति मधेशमा आक्रोश यथावत् छ। यस अर्थमा मधेशमा मध्यमार्गी राजनीति कमजोर हुनु भनेको मूलधारका दलहरूमाथिको प्रहार पनि हो। यो अवस्थामा आन्दोलनरत मधेशी दलहरू र सत्ता गठबन्धनबीच तालमेल मिलोस् भन्ने आशा राख्नु स्वाभाविक हो।बृहत् नेपाली राष्ट्रियताको निर्माण चाहने पक्षहरूले मधेशको माटोमा देखापरेको काठमाडौं प्रेमसँग आफूलाई जोड्नुपर्छ। मधेशी पहिचान खोज्नुको अर्थ आफूलाई नेपाली पहिचानमा समाहित गर्ने प्रयत्नभन्दा अर्को छैन।