HimalKhabar.com :: A Complete Nepali Political News Portal
तुलसीमेहेर श्रेष्ठलाई गान्धीको चिठी चर्खाबाट खादी कपडा बुन्ने सीप सिक्न पाटनबाट भारतको गुजरातस्थित गान्धी आश्रम पुगेका तुलसीमेहेर श्रेष्ठले यस अतिरिक्त गान्धी परिवारको विशेष हेरविचार, भातभान्छा र भेटघाटको सहजीकरणको काम समेत गरे । त्यसैले उनलाई धेरैले रामभक्त हनुमानझैं ‘गान्धीभक्त हनुमान’ भनेर सम्मान र स्नेह दिने गर्दथे ।