HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतीय स्वार्थमा अड्केको नेपाल–चीन सम्बन्ध देउवा सरकारले नेपालको हितमा चीनसँग भएका पछिल्ला सहमति/समझदारी कार्यान्वयनमा अग्रसरता देखाएर आफूलाई सच्चा राष्ट्रवादी प्रमाणित गर्न सक्छ ।
राष्ट्रघाती भेटघाट
राष्ट्रघाती भेटघाट -टीकाराम राईमुलुकको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप नियन्त्रण गर्न कर्मचारी–दूतावास गैरव्यावसायिक सम्पर्क बन्देज लगाउनुको विकल्प छैन । मन्त्रिपरिषद्‌मा पेश हुने रणनीतिक महत्वका प्रस्ताव तुहाउन तथा तीव्र गतिमा अघि बढाउनका लागि दूतावासले मन्त्रिपरिषद् सचिवालयका कर्मचारीलाई पनि प्रयोग गर्ने गरेको सुनिएको छ । र, यो काममा अग्रपंक्तिमा भारतीय राजदूतावास रहेको घटनाक्रमहरूले पुष्टि गर्छन् । तर, अहिले चीनले पनि भारतकै सिको गर्न थालेको छ । अमेरिकी दूतावासले चाहिं आतंककारी गतिविधि निस्तेज पार्न र चीनसँगको गतिविधि थाहा पाउन छिपछिपे रूपमा कर्मचारीसँग सम्पर्क बढाउने गरेको आरोप पनि निराधार लाग्दैन ।
इतिहास दोहोरिंदैछ (नेपाल-चीन ब्यापार)
इतिहास दोहोरिंदैछ (नेपाल-चीन ब्यापार) -टीकाराम राईभारतका कारण एकाएकजसो पुनर्जागृत हुन पुगेको नेपाल–चीन व्यापार तथा आवागमनमा अवरोध पनि भारतबाटै हुनेछ। गान्सु–सिगात्से र ग्वाञ्झाओ–सिगात्से सीधा ढुवानी रेल सेवाले नेपाल–चीन व्यापारिक विस्तार गर्ने र भारतमाथि नेपालको निर्भरता घटाउने हुनाले यो विकासक्रम नयाँदिल्लीको स्वार्थ प्रतिकूल छ। त्यो अवस्थामा नेपालमा चिनियाँ उपस्थिति जनस्तरमै बढेर आफ्नो नियन्त्रण कमजोर बन्ने हुनाले भारत अब ओली सरकारको पालामा काठमाडौं र बेइजिङबीच भएको पारवहन, यातायात, इन्धन र 'कनेक्टिभिटी' सम्बन्धी सम्झौताहरूलाई तुहाउन लागिपर्नेछ। त्यसको पहिलो प्रहार गल्छी–रसुवागढी सडक स्तरोन्नति परियोजनामा पर्न सक्छ।
अमेरिकामा ट्रम्पको विजय: प्रम दाहाललाई पाठ दाहाल सरकारले अमेरिकी निर्वाचन परिणामको सन्देश मनन् गरेर तदनुरूपका कदम चाले माओवादी केन्द्र र देशलाई पनि राम्रै हुन्छ ।