त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जहाज दुर्घटना भएको प्रारम्भिक सूचना आएको हिमालखबरलाई बताए। काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा जहाज दुर्घटना भएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी बताए।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले बुधबार सवा ११ बजे विमान दुर्घटना भएको जानकारी आएको जानकारी दिए। यसबारे थप विवरण आउन बाँकी छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा बाह्य उडान तथा अवतरण बन्द गरिएको छ।