मुलायमसिंह यादवको निधन
भारत, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन भएको छ।
समाजवादी पार्टीका संस्थापक अध्यक्ष रहेका पूर्व मुख्यमन्त्री यादवको असोज २४ गते बिहान निधन भएको उनका छोरा अखिलेश यादवले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्।
समाजवादी पार्टीको ‘भेरिफाइड’ ट्वीटर हेन्डलमा लेखिएको छ, “मेरो आदरणीय पिताजी तथा सबैको नेता अब रहनुभएन।”
बिबिसी हिन्दीका अनुसार, यादवलाई २ अक्टोबरमा मेदान्त अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अत्यन्त नाजुक भएपछि जीवनरक्षक औषधि दिएर आईसीयूमा राखिएको अस्पतालमा जनाएको थियो।
उनी भारतका रक्षामन्त्री समेत बनेका थिए।