निर्वाचन आचारसंहिता अन्तिम चरणमा: आयोग
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय चुनावको आचारसंहिता निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताका केही प्राविधिक विषय मात्रै मिलाउन बाँकी रहेको जानकारी दिए। आयोगले कानून मन्त्रालयमा पठाएर राजपत्रमा प्रकाशित गरेपछि आचारसंहिता लागू हुन्छ।
२० फागुन आसपास निर्वाचनमा खटिने कर्मचारीको विवरण प्राप्त भए लगत्तै आचारसंहिता लागू हुने आयोगले जनाएको छ। सहायक प्रवक्ता अर्यालले भने, “कर्मचारीको सरुवालाई पनि मध्यनजर गरेर आयोगले सकेसम्म चाँडो आचारसंहिता लगाउँछ।”