कोरोनाबाट चार जनाको मृत्यु, ३५० मा सङ्क्रमण
कोभिड-१९ को सङ्क्रमणबाट आज चार जनाको मृत्यु भएको छ भने ३५० जनामा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सात हजार ९६ स्वाब परीक्षण गर्दा ३५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो। तीन हजार ५३८ को पीसीआर परीक्षण गर्दा १९८ जनामा र तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोनाबाट चार जनाको मृत्यु भएको छ। शुक्रबार दुई जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१७ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार २७२ जना निको भएका छन्। निको हुनेको सङ्ख्या पनि नौ लाख ५० हजार ५६ पुगेको छ। अझै १३ हजार ३५७ सक्रिय सङ्क्रमित छन्।