HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि
किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्दै सहकारी, साना किसान सहकारीले मात्र ९५ हजार मेट्रिक टन किन्ने सहकारीहरूले न्यूनतम समर्थन मूल्यमा नै किसानको धान खरीद गर्ने भएका छन्। यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न सहकारीहरूलाई परिचालन गरेपछि कृषकले उचित मूल्य पाउने आशा गर्न थालेका छन्।
श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा उखु किसानहरूले भुक्तानी माग गर्दै राजमार्ग नै अवरुद्ध पारेर दुई दिनदेखि सडकमा प्रदर्शन गर्दै आएका छन्। रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले गत आर्थिक वर्षसम्म किसानसँग किनेको उखुको मूल्य भुक्तानीको माग गर्दै तीन दिने चक्काजाम घोषणा गरी उखु उत्पादक संघ रौतहटले आन्दोलन गरिरहेको छ।